जसपालाई ४ मन्त्रालय, मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चारवटा मन्त्रालय पाएको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो । सो मन्त्रालयमा क–कसलाई पठाउने भनेर टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादलाई दिइएको छ ।

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सो जिम्मेवारी दिएको हो । बैठकमा यादवले पार्टीले चारवटा मन्त्रालय पाएको जानकारी गराएका थिए । अध्यक्ष यादवले भोलि कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिबाट पनि मन्त्रीको नाम चयन गर्ने बारेमा म्याण्डेट लिइने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस