प्रदेश २ लोकसेवा आयोगले वार्षिक प्रतिवेदन बुझायो

जनकपुरधाम । प्रदेश नं २ लोकसेवा आयोगले आफ्नो दोस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश नं २ लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई उक्त प्रतिवेदन बुझाएका हुन् । गत वर्ष बढुवा, अन्तर सेवा, खुला र समावेशी गरी कूल २७२ पदका लागि विज्ञापन खुलाएको थियो ।

बढुवातर्फ ११३, अन्तरसेवातर्फ १४, खुलातर्फ ९५ र समावेशी समूहतर्फ ५० पदका लागि विज्ञापन खुला गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले कर्मचारीको अभाव भए पनि गत वर्ष विभिन्न सेवा र तहका लागि ८५ पाठ्यक्रम निर्माण गरेको आयोगका अध्यक्ष यादवले जानकारी दिए । उनले आयोगमा प्रदेश सरकारबाट २१ जनाको अस्थायी दरबन्दी रहेकामा हाल काजमा ६ तथा करारका पाँच कर्मचारीले मात्र कार्यसम्पादन गरिरहेको बताए ।

सो अवधिमा ८५ पाठ्यक्रमको निर्माण गरिएको अध्यक्ष यादवले बताए । आयोगले गत वर्ष फागुन २२ र २९ गते खुला गरेको अधिकृत सातौँ तह इञ्जिनीयरिङ सेवातर्फको परीक्षाका लागि दुई हजार ३४८ जनाले फारम भरेकामा एक हजार ९६ जना परीक्षामा सहभागी भएको सो प्रतिवेदनमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780