प्रदेश सरकारलाई सङ्घीय सरकारका तर्फबाट बजेट विनियोजन हुने

पोखरा, २० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सरकारलाई सङ्घीय सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेशमा आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसैअनुसार बजेट विनियोजन गरिदिन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्गलबार बालुवाटारस्थित निवासमा भेटेर आग्रह गरेपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले मङ्गलबार प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मासँगसमेत भेट गरेका छन् ।प्रधानमन्त्री देउवाले प्रदेश सरकारको क्रियाकलापका विषयमा चासो राखेको र फेवातालको संरक्षणमा विशेष जिज्ञासा राखेका छन् ।

भेटमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालाई प्रदेशका तर्फबाट लिखित पत्र नै बुझाउनुभएको थियो । सङ्घीय शासन व्यवस्थासँगै सङ्घबाट प्रदेशमा स्वतः अधिकारहरू हस्तान्तरण भए पनि ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसैअनुसारको बजेट व्यवस्थापनका लागि आग्रह गरिएको मुख्यमन्त्री पोखरेलले बताएका छन् । गोरखापत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस