प्रदेश सभामा मुख्यमन्त्री राउतले भने–‘साइकल खरिदमा अनियमितता भएको छैन्’

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल खरिद प्रक्रियामा अनियमितता नभएको दावी गरेका छन् ।

बुधबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री राउतले साइकल खरिद प्रक्रिया र कम्पनीको नाम समेत सार्वजनिक गरेका हुन् । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अन्तर्गतका साइकल वितरण कार्यक्रम । अहिले एकदमै चर्चामा छ, चर्चामा किन कि प्रदेश सरकार चोर, दुनिका अनावसनाब’ उनले भने–‘म सोध्न चाहन्छु कि त्यो बजेटको व्यवस्था कसले गरेको छ, निती कार्यक्रम ल्याइएको होइन् र? मुख्यमन्त्रीले नै त बजेट त खर्च गरेको होइन् नि ।’

यो प्रदेश सरकारलाई बदनाम गर्ने मनासायले चर्चामा ल्याइएको मुख्यमन्त्री राउतको दावी छ । ‘तपाईहरु हेर्नुस्, तपाईहरुको हातमै इ–विल्डिङ्ग सहितका सम्पूर्ण विवरण छ’ उनले भने–‘यो कार्यक्रमले शिक्षा, सुरक्षा र सशक्तीकरणको माध्यमामबाट प्रदेश २ मा जन्म लिएका छोरीहरुलाई सम्मानपुर्वक बाच्न बाउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्न ल्याएका हौं ।’

मुख्यमन्त्री राउतले आफु पनि सुशासन कायम गर्ने नितीले अघि बढेको बताए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मसँग फायल मागेको भए पनि दिन्थे, तर उहाँहरुले त्यसो गर्नु भएन’ उनले भने–‘उहाँहरुले सिधै आउनु भयो, न पत्र छ न त जानकारी नै, यो बदनाम गर्ने नियत हो ।’

यस्तो छ साइकल खरिद गरिएका प्रक्रिया र कम्पनीको नाम:

Author:



क्याटोगरी छान्‍नुहोस