हुलाकी सडकको दुर्दशाः आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

कमलकुमार मण्डल
राजविराज, २० असोज । आवतजावतमा समस्या भएको भन्दै राजविराजका सर्वसाधारणहरुले हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् । सडक रहेको खाल्डाखुल्डीमा जमेको पानीले हिडडुल गर्न निकै समस्या भइरहेको उनीहरुको आक्रोश छ ।

आक्रोशित स्थानीयले वडा नम्बर ६ स्थित सडकमै सवारी रोकेर सडक अवरुद्ध गरेका हुन् । ‘वर्षा भएको दुई/तीन दिन भइसक्यो तर अझैं सडक पोखरी जस्तै छ’ अमरकान्त झाले भने–‘सडक भएर आवतजावत गर्ने कुरा त परै जाओस्, घर बाहिर हिडडुल गर्न पनि कठिनाइ भइरहेको छ ।’

यद्यपी, सडक व्यवस्थित गर्नेतर्फ सडक निर्माणको ठेक्का पाएका कम्पनी वा नगरपालिकाले चासो नदिएको उनको गुनासो छ । बाध्य भएर सडक अवरुद्ध गर्नु परेको उनीहरुको कथन छ ।

सडक व्यवस्थित हुनुपर्ने र नालाको पानी निकास हुनुपर्ने लगायत उनीहरुले माग राखेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस