थप १ हजार ४३ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ६५ जनाको पीसीआर र १ हजार ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९२ हजार २६७ पुगेको छ । सोही अवधिमा ८९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७२ हजार २२९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १२ जनाको संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस