प्रदेश २ का मुख्यमन्त्री राउतलाई दुई तिहाइको समर्थन

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधवार प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् ।

मुख्यमन्त्री राउतले विश्वासको मत दिन प्रदेश २ को प्रदेशसभा बैठकमा गरेका प्रस्तावमाथि १ सय सांसदमध्ये ७७ जना सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ जनाको मत परेको छ । मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो । जसपाले जनप्रतिनिधिलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर बुधवार मुख्यमन्त्री राउतले विश्वासको मतको प्रस्ताव राखेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस