मविव क्याम्पस राजविराजमा नेकपा (एस)को विद्यार्थी संगठन गठन

राजविराज, २० असोज । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा कमिटी गठन गरेको छ । रयन रायको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गरिएको हो ।

समितिको उपाध्यक्षमा चान्दनी चौधरी, सचिवमा पप्पु यादव, सहसचिवमा अन्जली चौधरी, कोषाध्यक्षमा अस्मिता मण्डल रहेको अनेरास्ववियूका केन्द्रिय सचिव सुनिल झा चन्दनले जानकारी दिए । नेकपा (एस) सप्तरीका सचिवालय सदस्य तथा अनेरास्ववियूका पुर्व सचिवालय सदस्य ममता चौधरीको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस