डिभी चिठ्ठा आज रातिबाट खुल्दै, कसरी भर्ने?

जनकपुर । सन् २०२३ को डाइभर्सिटी भिसा डिभीको आवेदन आज रातिबाट खुल्दैछ।

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आजराति ९ बजेर ४५ मिनेट गएपछि डिभीको आवेदन दिन सकिनेछ । कार्तिक २३ सम्म आवेदन दिन सकिने दूतावासले जनाएको छ।

आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू र्भनुपर्नेछ। आवेदन दिनेहरुले तलका उल्लेखित कुरामा ध्यान दिनुपर्छः

१. आवेदनको लागि दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।

३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस्।

डिभी भर्नको लागि १२ कक्षा पास वा सो सरहको योग्यता हुनुपर्नेछ। आवेदकसँग राहदानी अवश्य हुनुपर्नेछ।

 

Author:



क्याटोगरी छान्‍नुहोस