कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारवाही होस्ः सांसद यादव

जनकपुरधाम । संघिय सांसद रामबाबु यादवले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार गर्ने कार्यलाई घोर भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली–बेइज्जती तथा कुटपाट गरी लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई अर्धनाग्न गरेर नगर परिक्रमा गराउनु गैरकानुनी र अराजक भएको भन्दै यादवले विरोध गरेका हुन् ।

उनले जनमत पार्टीका कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउन पर्नुे माग गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस