सिके राउतका कार्यकर्तालाई कारवाही नगरे आन्दोलन गर्ने इन्जिनियरहरूको चेतावनी

जनकपुरधाम। जनकपुरधामका इन्जिनियरहरूले आन्दोलनको चेतावनी दिएका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई भेटेर कारवाही नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका हुन्। जनकपुरधाममा बिहीबार जनमत पार्टीको कार्यक्रताले गरेको अपराधिक गतिविधिमा संलग्नलाई कडा कारवाहीको माग इन्जिनियरहरुले गरेका छन्।

कारबाहीको अनेक तरिका र विधि हुँदाहुँदै कर्मचारीलाई नाङ्गो शरीर गोबर हिलो दलेर शहर घुमाउनु सामाजिक अपराध रहेको सिरहा निर्वाचन क्षेत्र नं.४ (ख) का प्रदेशसभा सदस्य सुरेश मंण्डलले समाजिक सञ्जालमा लेखेका छन्।

फेसबुकमा आफ्नो प्रतिकृया राख्दै सुरेश मण्डलले लेखेका छन, ‘मानवता माथिको कलंक कथित जनकारवाहीको नाममा राउतले गरेको यस जंगली तथा उदण्ड हर्कतको जनताले पक्कै हिसाव किताब गर्नेछ। सस्तो लोकप्रियताको लागि गरिएको यस अपराधिक कार्यमा संलग्न जो सुकैलाई सरकारले कारवाहीको दायरामा ल्याइ दण्डित गर्नैपर्छ। राउतको गैरलोकतान्त्रिक र गैरराजनीतिक स्टेटमेन्ट निन्दनीय र खेदजनक छ।’

प्रमुख जिल्ला अधिकारी बास्तोलाले जनमत पार्टीले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निम्ति प्रमुख राजेश्वर कुशवाहा उपर गरेको दुर्वव्यवहार भुमिगत शैलीको रहेको बताएका छन्। बास्तोलाले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बस्ने गरेको जनकपुरधामको एक टोलमा पानी, ढल निकासको समस्या रहेकाले त्यसैको बाहानामा उनीहरुले केहीदिन पूर्व जनकपुरधाम उप–महानगरपालिकाको कार्यालयमा तोडफोड समेत गरेको बताउँदै जनमत पार्टीको गतिविधि शंकाष्पद रहेको बताए।

 नेपाल खानेपानी संस्थान जनकपुरका निमित प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न बनाएर दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले खानेपानी संस्थानका प्रमुख राजेश कुशवाहालाई कुटपिट गर्दै कालोमोसो दलेर बजार घुमाउने १० जना उत्छृङखल नेता कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

निमित प्रमुख राजेश कुशवाहालाई कार्यालयबाट नियन्त्रणमा लिइ अर्धनग्न बनाएर कुटपिट गर्ने क्रममा दश जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई छुटाउन जिल्ला प्रहरीमा अझै नेताहरुले धर्ना दिइरहेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस