पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

 राजविराज, १३ पुष । प्रहरीले सुनसरीबाट पेस्तोल सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य अररिया जिल्ला बासमटिया निवासी ३५ वर्षीय विद्यानन्द राम र २४ वर्षीय हासिम अंसारी रहेका छन् ।

कोशी गाउँपालिका–१ स्थित विएस होटलबाट उनीहरुलाई २ थान पेस्तोल सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट म्याग्जिन ४ थान, ७ दशमलव ६५ एमएमको ३ राउण्ड गोली, बिआर ५० के ०१४९ नम्बरको मोटरसाईकल, १ थान मोबाइल र २ हजार भारतिय रुपैया समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साे सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस