मधेश प्रदेश सहित कुन प्रदेशमा कुन खोप कतिले लगाए?

जनकपुरधाम । नेपालमा कोभिड १९ विरुद्धको खोप हालसम्म ३ करोड ८ लाख ७६ हजार ९ सय मात्रा लगाइएको छ।

खोप अभियान सुरु भएदेखि हालसम्म ३ करोडभन्दा बढी मात्रा लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ करोड ६५ लाख २७ हजार ७४१ (५४.४ प्रतिशत) ले कम्तीमा एक मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ (४६.१ प्रतिशत) ले पूर्ण र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा पाएका छन्।

देशभर हालसम्म ४६ लाख १५ हजार २२३ जनाले कोभिसिल्डको पहिलो मात्रा, ३० लाख ६७ हजार २६७ ले दोस्रो र २ लाख २६ हजार ८२ जनाले अतिरिक्त खोप लगाएका छन्।

भेरोसेल खोपको पहिलो मात्रा लगाउनको संख्या देशभर ९७ लाख ९६ हजार ४७३ छ भने ७९ लाख ८८ हजार ९९७ जनाले दोस्रो र ९९ हजार ७०५ जनाले अतिरिक्त खोप लगाएको मन्त्रालयको तथ्यांक छ।

२४ लाख ९१ हजार ८ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाउँदा ८ हजार ४८ जनाले यसकै अतिरिक्त खोप लगाएका छन्। २ लाख ६१ हजार ६१८ ले फाइजरको पहिलो मात्रा लगाउँदा १८ लाख ५४ हजार ४२७ जनाले मोडर्नाको पहिलो मात्रा लगाएका छन्। यस्तै, ४३ हजार ७६७ जनाले फाइजरको दोस्रो र ४ लाख २४ हजार २८५ जनाले मोडर्नाको दोस्रो मात्रा लगाएका छन्।

प्रदेश १ मा ७ लाख ७९ हजार २८२ जनाले कोभिसिल्डको पहिलो, ५ लाख ३८ हजार ३०८ ले दोस्रो र ८ हजार ११० जनाले अतिरिक्त खोप लगाएका छन्। १६ लाख ८९ हजार ८४३ जनाले भेरोसेलको पहिलो, १० लाख ७५ हजार ५१३ ले दोस्रो र २ हजार २१७ ले अतिरिक्त खोप लगाएका छन्। जोन्सन खोप लगाउनेको संख्या ४ लाख ४४ हजार ४१४ जना छन् भने १ हजार ३५१ जनाले अतिरिक्त खोप लगाएका छन्।

कुन प्रदेशमा कुन खोप कतिले लगाए ?
प्रदेश १
कोभिसिल्ड – ७७९२८२ पहिलो, ५३८३०८ दोस्रो र ८११० अतिरिक्त
भेरोसेल – १६८९८४३ पहिलो, १०७५५१३ दोस्रो र २२१७ अतिरिक्त
जोन्सन – ४४४४१४ पूर्ण र १३५१ अतिरिक्त
फाइजर – ६०८८ पहिलो, ५३७१ दोस्रो
मोडर्ना – २२८०८० पहिलो, १८५२९ दोस्रो

मधेश प्रदेश
कोभिसिल्ड – ९९१७१३ पहिलो, ५५१८९४ दोस्रो र १७७९० अतिरिक्त
भेरोसेल – १५५६२२१ पहिलो, ११८३२२६ दोस्रो र ७००५ अतिरिक्त
जोन्सन – ४८९९५४ पूर्ण र ३६३९ अतिरिक्त
फाइजर – ७५९७ पहिलो, ३६६४ दोस्रो
मोडर्ना – ४७६४१५ पहिलो, ३००३ दोस्रो

बागमती प्रदेश
कोभिसिल्ड – ९६४६७६ पहिलो, ६८८२७६ दोस्रो र १०७३६७ अतिरिक्त
भेरोसेल – २५५३५६५ पहिलो, २२५८४२९ दोस्रो र ६७७५५ अतिरिक्त
जोन्सन – ५६१६२० पूर्ण र २१३४ अतिरिक्त
फाइजर – २२३२९०२ पहिलो, २०८८८ दोस्रो
मोडर्ना – २२०१५० पहिलो, ९४५५१ दोस्रो

गण्डकी प्रदेश
कोभिसिल्ड – ४२८३२१ पहिलो, ३८००५७ दोस्रो र १९४६२ अतिरिक्त
भेरोसेल – ९५९४६४ पहिलो, ९११८९२ दोस्रो र ४७४४ अतिरिक्त
जोन्सन – २३०६७४ पूर्ण र ४३६ अतिरिक्त
फाइजर – ३४४९ पहिलो, ३१८६ दोस्रो
मोडर्ना – १९१७६४ पहिलो, १०१२०२ दोस्रो

लुम्बिनी प्रदेश
कोभिसिल्ड – ९३७१८४ पहिलो, ५१९८७७ दोस्रो र ४३९१९ अतिरिक्त
भेरोसेल – १६०६४९३ पहिलो, १४०१५८० दोस्रो र ९६७९ अतिरिक्त
जोन्सन – ३९३१२७ पूर्ण र ० अतिरिक्त
फाइजर – ५३५९ पहिलो, ५११९ दोस्रो
मोडर्ना – ३४७७४२ पहिलो, १५८५०४ दोस्रो

कर्णाली प्रदेश
कोभिसिल्ड – ३५०९०६ पहिलो, १३५८०८ दोस्रो र ९४२२ अतिरिक्त
भेरोसेल – ५२५३९२ पहिलो, ४२०५२४ दोस्रो र ३४३३ अतिरिक्त
जोन्सन – १३७१६९ पूर्ण र १९३ अतिरिक्त
फाइजर – २२७२ पहिलो, २१५१ दोस्रो
मोडर्ना – १७५४९८ पहिलो, ४८२९५ दोस्रो

सुदूरपश्चिम प्रदेश
कोभिसिल्ड – ३५०९०६ पहिलो, २५३०४७ दोस्रो र २००१२ अतिरिक्त
भेरोसेल – ९०५४९५ पहिलो, ७३७८३३ दोस्रो र ४८७२ अतिरिक्त
जोन्सन – २३४०५० पूर्ण र २९५ अतिरिक्त
फाइजर – ३९५१ पहिलो, ३४०८ दोस्रो
मोडर्ना – २१४७७८ पहिलो, २०१ दोस्रो

Author:



क्याटोगरी छान्‍नुहोस