मधेशी समुदायभित्र पनि धेरैवटा क्लस्टरहरु छन्ः उपेन्द्र यादव

पछिल्लो समय जनता समाजवादी पार्टीका(जसपा) का अध्यक्ष उपेन्द्र यादवले ‘सोसियल कलस्टर’ को बारेमा सामाजिक सञ्जालमा लेखेपछि व्यापक चर्चाको विषय बनेको छ । वास्तवतमा यो नयाँ राजनीतिक आएको शब्द ‘सोसल क्लस्टर’ अर्थात सामाजिक समूहको विषयमा सोसलिष्ट टि.भी. युट्युुब च्यानलमा विनोद कुमार विश्वकर्माले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग कुुराकानी गरेको छ । प्रस्तुुत छ पत्रकार शिव अधिकारी यदुुवंशीद्वारा लिपीवद्ध गरिएको उक्त कुराकानीः

अध्यक्षज्यू आजभोली सामाजिक समूह अर्थात ‘सोसियल क्लस्टर’ बारे निकै चर्चा परिचर्चा भइरहेको छ, खासगरी मधेशी, आदिवासी जनजाती र खस–आर्य मात्र नेपालको सामाजिक समूह हुन् भनेर । यसमा तपाईको बुझाई के छ ?

पहिलो कुरा के हो भने, नेपाल भनेको बहुजातीय, बहुभाषीक, बहु–धार्मिक, बहु साँस्कृतिक र बहु पहिचान भएको मुलुक हो । यहाँ अब सामाजिक समूह या ‘सोसियल क्लस्टर’ के आधारमा लिने ? नेपालको सविंधानमा सामाजिक समूह भनेर दलित, आदिवासी जनजाती, मधेशी, थारु, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सिमान्तकृत समूदाय हो भनेर उल्लेख गरिएको छ । त्यसैगरी जनगणनाको रिपोर्ट लिने हो भने यसले पनि एथनिक र कास्ट गु्रप भनेर छुटयाएको छ, कल्स्टरको ग्रुपमा । यसमा पनि आदिवासी जनतजाती छ, त्यसमा पनि पर्वतीय आदिवासी जनजाती, तराई–मधेसका जनजाती भनेर छुयाएको छ ।

अर्को क्लस्टर दलित भनेर छुटयाएको जनगणनाको रिपोर्टलेले यहाँ पनि पहाडे–दलित र मधेशी दलित भनेर छुटयाएको छ । अर्को कल्स्टर भनेको पहाडे बाहुन–क्षेत्री छुटयाएको छ, तराईमा मधेसीको जात भनेर छुटयाएको छ, त्यहाँ पनि तल आदिवासी जनजातीको छ । अर्को क्लस्टरमा थारुलाई राखिएको छ । त्यसैगरी मुस्लिमलाई अर्को क्लस्टरमा राखिएको छ । यसरी हेर्ने हो भने ७/८ वटा सामाजिक समूह भनेर जनगणनाको रिर्पोटले छुटयाएको छ । संविधानले पनि ७/८ वटा क्लस्टरको कुरा गरेको छ ।

हाम्रो पार्टीको कुरा गर्ने हो भने, हाम्रो पार्टीको घोषणापत्रमा मधेशी, आदिवासी जनजाती, शिल्पी, मुस्लिम, दलित, महिला, थारु, पिछडावर्ग, अल्पसंख्यक समूदाय, खस आर्य लगायत ७/८ वटाको कुरा गरिएको छ । पार्टीको विधानले पनि यसै किसिमको कुरा गरेको छ । यसरी हेर्दाखेरी के हो भने नेपालमा खस आर्य, मधेशी र आदिवासी जनजाती मात्रै छैन । धेरैवटा क्लस्टर रहेका छन् । अब मधेशी समूदाय भित्र पनि धेरैवटा क्लस्टरहरु रहेका छन् ।

मधेसमा बस्ने सबैलाई मधेशी भन्ने गरेको छ, त्यो भनेको कुनै जाती त होइन् । त्यस भित्र पनि मुस्लिम पनि एउटा अलगै क्लस्टर छ, थारु एउटा अलगै क्लस्टर रहेको छ, महिला, आदिवासी लगायत सबै अलगै क्लस्टर छ । त्यो भित्र पनि जातीय क्लस्टरहरु रहेको छ। उनीहरुको पनि बेग्लै क्लस्टर छ ।

अब मधेशी मात्रै एउटा क्लस्टर कसरी हुन् सक्छ । त्यसैगरी खस–आर्यकै कुरा गर्ने हो भनि खसक्षेत्रीहरु आफूलाई अलग क्लस्टर मान्दछ, उले खसआर्य जवरजस्ती बनाएको छ भनिन्छ । त्यहाँ पनि ब्राह्मण र क्षेत्री अलग–अलग क्लस्टर बनाएको भन्छ । त्यसैगरी पनि आदिवासी जनजाती भित्र पनि धेरै क्ल्स्टरहरु छ। आदिवासी जनजाती त एउटा सामूहिक वर्ड हो ।

ऐतिहासिक पृष्ठभूमिको आधार हेरौं न किराँतको अलगै क्लस्टर छ । त्यहाँ पनि राई–लिम्बूको अलगै क्लस्टर छ । काठमाडौंको नेवारको आफ्नै क्लस्टर छ, आफ्नै पहिचान, आफ्नै भाषा, आफ्नै संस्कृतिको एउटा क्लस्टर हो । त्यसैगरी तामाङहरुको पनि आफ्नै क्लस्टर छ, आफ्नै पहिचान, भेषभूषा, संस्कृति छ । शेर्पा, गुरुङ, मगरहरुको पनि क्लस्टर र सबै थोक आफ्नै छ ।

त्यसै गरी यो भन्दा पश्चिम जाने हो कर्णाली जाने हो भने त्यहाँका प्राचीन सभ्यता भनेको खस सम्राज्य सभ्यता हो, सिंजाली सभ्यता हो । त्यतापट्टी के छ भने आफ्नै भेषभूषा, सास्कृति, रहनसहन रहेका छन् । भन्दाखेरी यति धेरै क्लस्टर रहेको ठाउँमा तीनवटा मात्रै क्लस्टर भन्ने आधारहरु के हो ? यसको कुनै वैज्ञानिक, समाजशास्त्री आधार पनि होइन्, कुनै संविधानमा उल्लेख भएका कुरा पनि होइन्, नीतिगत आधार पनि छैन् । यो चाँही के हो भने यसमा पनि कुनै षडयन्त्र देखिन्छ । त्यो षडयन्त्र के देखिन्छ भने खस आर्यको नाममा जुन खस क्षेत्रीहरुको छन्, जसले आफूलाई आदिवासी मूलवासी भनेका छन् उनीहरुलाई उत्पीडनमा पार्नु, फेरी त्यहीँ भित्रका दलित उत्पीडनमा पर्नु उपेक्षामा रहनु र एउटा चाँही के छ भने चतुर चलाक वर्गले सबैमा हालीमुहाली गर्ने र आफूलाई राज्यसत्ता शक्तिमा प्रतिनिधित्व गर्ने, आर्थिक शक्ति, राज्य शक्ति, प्रशासनिक शक्ति लगातयका शक्ति केन्द्रहरुमा पकड जमाउने गरी षडयन्त्र गरेको देखिन्छ ।

अब मधेशी मात्रै एउटा क्लस्टर हो भनेपछि यो भित्र रहेका मधेशी, दलित, मुस्लिम, थारु, सन्थाल, आदिवासी जनजाती लगायतहरु कता जाने ? भन्दाखेरी के हो भने मधेशीको नाममा टाठाबाठा मधेशी एउटै क्लस्टर हो भन्छ भने टाठाबाठा मधेसीहरुले अरु मधेसीलाई उपेक्षा गरेर आफ्नो चतु¥याईका साथ शासन सत्ता, प्रशासनमा, भागवण्डाको प्रतिनिधित्वमा हालीमुुहाली गर्ने दाउँ हो । त्यसैगरी आदिवासी जनजातीलाई एउटै क्लस्टर भन्न सकिन्न् त्यो भित्र पनि धेरै क्लस्टर छन् । एउटै क्लस्टर भन्न दिने हो भने त्यसभित्र रहेका टाठाबाठाहरुले अरु सबैको भाग खोसिदिने हो ।

यसरी हेर्दाखेरि यो तीन क्लस्टर मात्रै नेपालमा छन् भने कुराले के ग¥या छन् भने धेरै जातजातिहरु, जनजाती भित्रहरुका, मधेशी भित्रका या खर्स आर्य भित्रका खसहरु, दलितहरु लगायतकाहरुलाई जुन शोसन र उत्पीडन, विभेद, असमानता जुन निरन्तर रुपले सयकडौं वर्षदेखि कायम रही आएको छ त्यसलाई निरन्तरता दिने नयाँ चाल हो । त्यस कारणले हामी के भन्छौँ भने यी सबै क्लस्टर, जातजाति, समूदायहरुको उनीहरुको हैसियतको मुुताबिक शासन, प्रशासन, नीति–निर्माण लगायतका हरेक क्षेत्रहरुमा प्रतिनिधित्व हुनुपर्दछ । त्यो नै समावेशी लोकतन्त्रको मूल मर्म र भावना हो । यो नै चाँही के हो भने जातीय या वर्गीयको मुक्तिको बाटो पनि राष्ट्रिय मुक्तिको बाटो पनि हो ।

झन् हामी समाजवादीहरुले पनि विभिन्न जातजाती, वर्ग, समूदाय, भाषा–भाषी आदिका आधारमा हुने गरेका एउटै समूदायमा भित्र पनि हुने गरेका विभेद असमानता शोसन, उत्पीडन, थिचोमिचोलाई अन्त्य गर्ने समाजवादी हो । त्यसकारण यो तीन क्लस्टरको जुन कुरा गरिएको छ । यो समाजवादी भावना र समाजवादको पनि विपरित छ । र यो समाजिक न्यायका दृष्टिकोणले पनि गलत छ, यसले के गर्छ भने सामाजिक न्यायमा पहुँच कम गर्छ अथवा सामाजिक न्यायलाई नै स्थापित गर्न दिँदैन ।

दलित, दलित नै रहेन्, क्लस्टरको नाममा एउटा उच्च जातका मान्छे उच्च जातकै माथि नै रहने एउटै क्लस्टर भनेर हुन्छ । यदी एउटै क्लस्टरमा हुन्छ भने आज यो दलितको हालत किन भयो ? आज अमानवीय जीवन किन बाँँच्नु परेको छ, किन आज ठूलो जनसंख्या भएर पनि १४÷१५ प्रतिशत प्रतिनिधित्व भएर पनि ०.१ प्रतिशत मात्रै किन शासन, प्रशासनमा भागिदारी भएको हो ? जब कि कमसेकम १०/१२ प्रतिशत हुनुपर्ने । त्यो चाँही किन हुन पाएन भने यस्तै चतुर्याईका कारण तल थिचाईमा परेर भएको हो । त्यस कारणले के चाँही हो भने यो भावनाले समावेशी लोकतन्त्र, समानता, स्वतन्त्रता, सामाजिक न्याय र समाजवादको विपरित सोचहरु हुन् । त्यसैले यसलाई सूक्ष्म रुपले विश्लेषण गरेर सम्पूर्ण जातजाती या राष्ट्रहरु या राष्ट्रियताहरुको जुन उत्पीडन छ त्यसबाट मुक्ति दिलाउने काम तीन क्लस्टबाट हुदैँ हुदैनन् यसले त झन शोसित उत्पीडित बनाई राख्छ, झन् अन्यायलाई निरन्तरता दिने उपाय मात्रै हो ।

जो जाति, जो समूदाय अहिले उत्पीडनमा परेको छ त्यो उत्पीडित नै रहिरहन्छ यसबाट । किन माथि चाँही क्रिम लेयरकाहरु खाने, तलका चाँही उत्पीडिहरु उत्पीडितै रहने यो चाँही एउटा नयाँ चाल पनि हुन्सक्छ । जसलाई चाँही भारतमा राम मनोहर लोहियाले पनि स्वीकार गरेन्, त्यहाँ यस खालका क्लस्टरलाई । त्यहाँ पनि त यस्तै किसिमको जातीय समूदायहरु यस्तै–यस्तै हो नि । त्यहाँ चाँही के हो भने भीम राव अम्बेडकरले पनि अपोज गरे, मण्डेला आयोगले पनि अपोज गरे । त्यहाँ पनि के छ भन्दाखेरी सेडुल कास्ट, जसलाई हामीले यहाँ दलित समूदाय भन्छौँ । उसको लागि बेग्लै प्रावधान रहयो, “सेडुल ट्राइसका लागि पनि बेग्लै प्रावधान राखियो । अनि ओबिसीका लागि बेग्लै प्रावधान राखियो । त्यसपछि अति विपन्न वर्गका लागि पनि बेग्लै प्रावधान छ । त्यसरी पनि त्यहाँ के छ भने क्लस्टरहरु फरक फरक रहेर निर्माण गरेर अथवा रहेका क्लस्टरलाई रिकोग्नाइज गरेर राज्यले सेवा र सुविधा दिएको छ भारतमा पनि । भनेपछि नेपालमा यति धेरैका क्लस्टर रहेका छन् यी सबैका आफ्नै पहिचान छ । आ–आफ्ना भेषभूषा छ, आफनै साँस्कृति, रहनसहन छ, इतिहास छ, त्यसलाई मान्यता दिएर तिनको पहिचानलाई रिकोग्नाइज गरेर तिनीहरुको राष्ट्रिय पहिचानलाई मान्यता दिएर समानताका आधारमा समानुपातिक प्रतिनिधित्व हरेक क्षेत्रमा चाहे व्यूरोक्रेसीमा होस्, चाहे सेक्युुटी फोर्समा होस्, चाहे सिभिल सर्विसमा होस्, चाँहे राजनीतिक प्रतिनिधित्वमा होस्, लगायतका राज्यका हरेक ठाउँमा दिनुपर्छ । समावेशी समानुपातिकलाई काट्नका लागि यही तीनटा क्लस्टर बाँडीचुडि खाउँ भने किसिमको छ, नेपालीमा एउटा भनाइ छ नि ‘काले काले मिलि खाउँ भाले’ तीनटा काले मिल्ने अनि भाले खाने दाउ हो यो ।

वास्तवमा भन्ने यो कुनै पनि तर्कमा कुनै पनि अर्थमा स्थापित हुने चाँही होइन । जबरजस्ती स्थापित गर्न खोजेको हो । त्यहाँ पनि के छ भने खसआर्य, आर्य भनेपछि अर्कै चिज हो, अनि खस अर्कै चिज हो । हैन् आर्य रेस हुन्, त्यो आर्य रेस त जर्मन पनि आर्य रेस मुस्लिम पनि आर्य रेसको छ ठूलो संख्यामा । मधेसमा पनि ठूलो संख्या आर्यको, पहाडमा पनि क्षेत्री–बाहुन पनि आर्य । पाकिस्तानमा पनि आर्य इरान पनि आर्य । आर्य भनेको त एउटा रेस हो । खस भनेको त खासगरी खस साम्राज्य जुन अशोक चल्ल, नागराज लगायतहरुले जुन स्थापित गरेका राज्य थिए त्यहाँ बसोवास गर्नेहरुको एउटा आफ्नै किसिमका भेषभूषा, साँस्कृति धर्म पनि मस्ट्र धर्म भनि रहेको छ । यो मस्ट्रोलाई पुजा गर्छन् । ती सँग जोडिएर आएकाहरु आफूलाई खस पहिचान गर्छन् । तर जर्मनीहरुले आफूलाई खर्स भन्दैन नि, मधेसीहरुले आफूूलाई खस भन्दैन् नि । तर आर्य त हो । यो पनि चाँही के हो भने गलत तरिकाले जोडिएको छ ।

खसआर्य भन्नाले ब्राहमण, क्षेत्री, सन्यासी, ठकुरी, दशनामी । यो परिभाषा नै गलत हो । यो परिभाषा अत्यन्त गलत हो । यस्तै परिभाषालाई मूर्त रुप दिन यो तीनवटा क्लस्टर हो भने चाँही भने भनाई आएको हो । अब चाँही मोटामोटी यो तीनवटा छ भनि भने मोटामोटी कसले बनाउने कुन आधारमा मोटामोटी भन्ने । केही त आधार हुनुपर्ने । यो हावादारी कुरामा चाँही कसै–कसैले आफ्नो व्यक्तिगत, वर्गीय या जातिय स्वार्थलाई जातको स्वार्थलाई परिपुर्ति गर्न पाखण्डहरुले ल्याएको कुुटिल तरिकाले स्थापित गर्न ल्याइएको तर्कहरु हुन् । यसले चाँही के छ भने समानता, स्वतन्त्रता, भातृत्व, सामाजिक न्याय र समाजवादको अवधारणलाई नै यो तर्कले निषेध गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस