कांग्रेसको उम्मेदवार छनौट गर्ने संसदीय समिति गठनमा ढिलाइ

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आकांक्षी उम्मेदवारहरू पनि बढ्दै गएका छन् । अझ प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसभित्र त एक पदका लागि दर्जनौं नेता आकांक्षी देखिएका छन् ।

देशभरबाट प्राप्त समाचार हेर्ने हो भने ७ सय ५३ स्थानीय तहको प्रमुखको मात्र आकांक्षी नेता ७ हजारभन्दा बढी हुने अनुमान छ । त्यस्तै, आकांक्षी उपप्रमुख र वडा अध्यक्षको संख्या त आवश्यकभन्दा २०औं गुणा बढी छ ।

नेपाली कांग्रेसका उम्मेदवारबारे अन्तिम निर्णय र घोषणा गर्ने निकाय संसदीय समिति हो । कांग्रेसमा प्रतिनिधिसभा संसदीय समिति, जिल्ला संसदीय समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समिति गरी चार तहको संसदीय समितिहरू छन् ।

प्रतिनिधिसभा संसदीय समितिले स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यको उम्मेदवारको घोषणा गर्छ भने जिल्ला संसदीय समितिले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार अनुमोदन गर्छ । प्रदेश संसदीय समितिलाई नगरपालिका र उपमहानगरपालिको प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको अनुमोदन गर्ने अधिकार दिइएको छ ।

महानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको अनुमोदन गर्ने अधिकार भने केन्द्रीय संसदीय समितिमा छ । कांग्रेसको चारै तहको संसदीय समिति गठन गर्न बाँकी छ । नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस