सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार पुनः दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । रामआश्रय साहले ४ हजार ४७७ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका फकिरा महतोले ३ हजार ३७८ मत मात्र प्राप्त गरे । तेस्रोमा झरेका एमालेका अजयकुमार सिंहले १ हजार ६०७ मत प्राप्त गरे ।
त्यस्तै, ४ वटा वडामा कांग्रेसका, दुई वडामा माओवादी केन्द्रका र एक वडामा एमालेले वडाध्यक्ष जितेको छ । कांग्रेसले धनकौल–१, २, ४ र ७ मा जितेको हो । यी वडाका वडाध्यक्षमा क्रमशः गौरीशंकर महतो, रामबहादुर सहनी, नरेन्द्र राय यादव र रामलखन राय निर्वाचित भएका छन् ।
माओवादी केन्द्रले ५ र ६ मा बाजी मारेको छ । ५ गजेन्द्र महतो ५ र ६ श्यामबाबु साह वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेले ३ नम्बर वडामा मात्र जितेको छ । अशोककुमार यादव वडाध्यक्षमा विजयी भएका हुन् ।