विराटनगर–१७ मा जसपाका वडाध्यक्ष प्यानलसहित निर्वाचित

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्वर १७ मा जनता समाजवादी पार्टी (जसपा)ले वडाध्यक्षसहित प्यानलै जितेको छ । जसपाका समिम कमर मियाँले १ हजार ४५० मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असमल आलमले ९४४ मत प्राप्त गरे ।

त्यस्तै सदस्यहरुमा जसपाका जाकिर आलमले १ हजार २०१, महमद मन्जर आलमले १ हजार ६२, महिला सदस्यमा चुलिया देवी साहले १ हजार २८२ र दलित महिला सदस्यमा बसन्तीदेवी पासवानले १ हजार २७७ मतका साथ निर्वाचित भएका हुन् ।

Author:

क्याटोगरी छान्‍नुहोस