जसपाको प्रवक्ता तोकिए मनिष सुमन, को हुन् उनी ?

जनकपुरधाम, ५ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मनिषकुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ ।

जसपाको विधान २०७७ को १९ (२घ)अनुसार पार्टीका कार्यकारिणी समिति सदस्य सुमनलाई प्रवक्ता तोकिएको हो ।

देश र जनताको सर्वोतम हितका साथै पार्टीको नीति, सिद्धान्त, विचार र उद्देश्य प्राप्तिका लागि अझै बढी प्रभावकारी भुमिका होस् भनि उनलाई प्रवक्ता तोकिएको जसपाले जनाएको छ।

को हुन् उनी ?

विस २०३५ सालमा सप्तरीको राजविराजमा जन्मिएका उनी कक्षा ९ मा अध्ययरत हुँदा नै तत्कालिन सद्भावना पार्टीको भातृसंगठन नेपाल विद्यार्थी मञ्चमा सदस्य लिएर राजनीतिमा प्रवेश गरेका थिए ।

२०५४ सालतिर उनी सोही पार्टीको भातृसंगठन युवा मञ्चको महासचिव हुँदै राजनीति यात्रा अघि बढाएका हुन् । हाल उनी मधेश प्रदेशका प्रदेशसभा सदस्य र जसपाका कार्यकारिणी समिति सदस्य हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस