प्रदीप गिरीको निधनमा बिहारका मुख्यमन्त्री नितिशद्वारा दुःख व्यक्त

जनकपुरधाम । भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा दुःख व्यक्त गरेका छन् ।

उनले आइतवार सामाजिक सञ्जालबाट गिरीको आत्माको चीर शान्तिको कामना गरेका हुन् ।

मुख्यमन्त्री नितिशले गिरीबारे लेखेका छन्, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका माननीय सदस्य प्रदीप गिरीजीको निधन दुःखद छ । उहाँ नेपाली राजनीतिका दार्शनिक र समाजवादी विचारक हुनुहुन्थ्यो । उहाँले राजनीतिक सीमाभन्दा पर सबै विचारधाराका राजनीतिक दलबाट सम्मान र आदर पाउनुभयो । ईश्वरले उहाँको आत्मालाई शान्ति देऊन्!’

Author:



क्याटोगरी छान्‍नुहोस