मधेशी एकता समाजको सहयोगपछि दुबईमा अलपत्र परेका मण्डल स्वदेश फिर्ता

काठमाडौं, ५ भदै । भिजिट भिषामा संयुक्त अरब इमिरेट्स पुगेर अलपत्र परेका सप्तरीको तोपा–कजौलीका ललित कुमार मण्डललाई मधेशी एकता समाजले उद्धार गरी नेपाल फर्कएका छन् ।

आवश्यक सहयोगका साथै कानुनी प्रक्रिया पुरा भएपछि मधेशी एकता समाज युएईका उपाध्यक्ष कृष्ण ठाकुरले गत बुधबार मण्डललाई स्वदेश फिर्ता पठाएका हुन् । एक जना नेपाली एजेन्टले काम लगाइदिने प्रलोभन दिएर मण्डललाई भिजिट भिषामा गत जनवरीमा दुबई पुर्याएका थिए । तर, नेपाली एजेण्टको दुबईमा रहेको बंगाली एजेण्टले त्यहाँको कम्पनीमा भिषा नै नलगाइ काममा खटाइदिएका थिए ।

त्यस कम्पनीले तलब र अन्य सुविधा नदिएपछि मण्डलले गत जुलाईको अन्त्यदेखि काम छाडी अजमान बसपार्कको चौरमा भोकभोकै रात बिताउन बाध्य भएका थिए । मधेशी एकता समाजका प्रवक्ता ललित रेले मण्डलको अवस्थाबारे थाहा पाएपछि मधेशी एकता समाजलाई जानकारी गराएका थिए ।

समाजका युएई उपाध्यक्ष कृष्ण कुमार ठाकुरले मण्डललाई उद्धार गरेर करिब दुई हप्ता आफूसँग राखि आवश्यक कानुनी प्रक्रिया पूरा गराएर गत बुधबार इन्डिगो एयरलाइन्सबाट मण्डललाई उनले नेपाल फिर्ता पठाएका हुन् ।

स्वदेश फर्किने क्रममा अबुधाबी विमानस्थलमा प्रतिक्रिया दिँदै पीडित मण्डलले भिजिट भिषामा काम गर्न विदेश नजान सबैलाई आग्रह गरे । उनले भिजिट भिषामा खाडी मुलुक गए आफूजस्तै अरुले पनि दुःख पाउने भन्दै नेपाली युवालाई सचेत पनि गराए ।

Author:



क्याटोगरी छान्‍नुहोस