गिरीको निधनमा कल्याणपुर नगरपालिकाद्वारा शोक विदा

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा आज शोक बिदा दिएको छ ।

नगरपालिकाबाट जारी गरिएको सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका लहान नगरपालिका–१४ निवासी गिरीको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको शनिबार राति निधन भएको थियो । यसअघि लहान नगरपालिकाले आइतबार सार्वजनिक विदा दिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस