मधेश प्रदेशमा १३ सय बढी मिटरब्याजी विरुद्ध उजुरी

जनकपुरधाम । सप्तरीमा मिटरब्याजी विरुद्ध १ सयभन्दा बढी उजुरी परेको छ । गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी दिन सार्वजनिक सूचना जारी गरेको थियो ।

भदौ ५ गतेसम्मको म्याद तोकेर गरिएको सूचनाअनुसार मिटरब्याजी विरुद्ध १ सय १४ वटा उजुरी परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

‘गृह मन्त्रालयले बनाएको कार्यदलको समयसीमा (भदौ ५ गते)सम्ममा १ सय १४ वटा उजुरी दर्ता भएको छ, अहिले पनि त्यस्तो उजुरी आयो भने हामी दर्ता गर्छौ नै’ उनले भने ‘तीमध्ये अधिकांश उजुरीहरु प्रमाण विना नै आएको देखिन्छ र प्रमाणहरु पछि पनि संलग्न गर्न नमिल्ने होइन् ।’

अबको प्रक्रिया भने ती उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्ने उनले बताए । ‘उजुरी धेरै आइसकेकाले कार्यदलले पनि अनुसन्धान गर्नसक्ने कुरा हुनसक्छ, अनुसन्धानबाट दोषी पाइएकाउपर कानून अनुसार अघि बढ्छौं’ उनले भने ।

त्यस्तै, देशभरमै सबैभन्दा धेरै मधेश प्रदेशमा मिटरव्याजी विरुद्ध उजुरी परेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मधेश प्रदेशबाट १३ सय ३० वटा उजुरी प्राप्त भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस