मुख्यमन्त्री राउतको राजिनामा विषय गलतः अध्यक्ष यादव

जनकपुरधाम, ७ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजिनामा दिन कुनै निर्देशन नदिएको र तत्काल पदबाट हटाउने योजना पनि नरहेको बताएका छन् ।

मधेशलाइभसँग कुरा गर्दै अध्यक्ष यादवले भने ‘मुख्यमन्त्रीसँग राजिनामा माग गरिएको भन्ने त्यस्तो कुनै निर्देशन छैन्, बाहिर केही हल्लाहरु आएको बुझिएको छ तर त्यसमा कुनै सत्यता छैन् र तत्काल मुख्यमन्त्रीलाई पदबाट हटाउने पार्टीको योजना पनि छैन् ।’

यता, मुख्यमन्त्री राउतले पनि राजिनामा बारे आफुसमक्ष कुनै निर्देशन नआएको प्रतिक्रिया दिए । ‘कुरा कसरी आयो भन्ने विषयमा आफुलाई जानकारी छैन् तर राजिनामा बारे आफुसमक्ष त्यस्तो कुनै पनि निर्देशन आएको छैन्’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस