मधेशीका लागि कसले के गरे? निर्मम समिक्षा गरौं : महतो

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशबाट भोट बटुलेर गएकाहरुले मधेशीका के–के गरे भन्ने निर्मम समिक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।
राजविराजमा सोमवार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘मधेशबाट भोट बटुलेर गएका दलहरुले मधेश र मधेशीका लागि के के गरे?, ती कुराको निर्मम समिक्षा गर्नुपर्ने समय आएको छ’ उनले भने ‘यसबारे तपाई मधेशी जनतालाई गम्भीर भएर सोच्नुपर्ने जरुरी छ ।’

उनले वैवाहिक अंगिकृत नागरिकतामा समयसीमा राख्ने कुराले मुलुक अझ पछि धकेलिने बताए । ‘समयसीमा राखेर वैवाहिक अंगिकृत नागरिकता दिनुपर्छ भन्ने कुरा पनि कत्तै कतैबाट उठ्ने गरेको छ’ उनले भने ‘संविधानमा मधेशी, आदिवासी, जनजाती, मुस्लिम, सिमान्तकृत लगायत समुदायको पूर्ण अधिकार अहिले पनि सुनिश्चित भएको छैन् ।’

उनले त्यसका लागि आफूहरुको संघर्ष जारी रहेको बताए । सो कार्यक्रममा अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले निर्वाचनमा गठबन्ध बाध्यता रहेको भन्दै आफूहरु लोकतन्त्र, पहिचान र अधिकारका लागि काम गर्ने पार्टीका साथ गठबन्धन गर्ने पक्षमा रहेको स्पष्ट पारे ।

निवर्तमान मेयर लोसपामा प्रवेश

सोही कार्यक्रममा राजविराजका निवर्तमान मेयर शम्भुप्रसाद यादवसहितका नेता कार्यकताहरु लोसपामा प्रवेश गरेका छन् । उनीहरुलाई लोसपाका वरिष्ठ नेता महतोले फुलमाला लगाएर स्वागत गरेका हुन् । निवर्तमान मेयर यादव यसअघि २०७४ सालको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए ।

सो पार्टी पछि संघीय समाजवादी पार्टीसँग एकिकरण भएर जनता समाजवादी पार्टी (जसपा)बनेको थियो । पछि पुनः केही नेताहरु जसपाबाट अल्गिएर लोसपा बनाएता पनि निवर्तमान मेयर यादव भने जसपामै बसेका थिए ।

पछिल्लो पटक स्थानीय तह निर्वाचनमा टिकट वितरणमा एकलौटी भएको भन्दै उनी जसपा परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । हाल उनी माओवादी केन्द्र पनि परित्याग गरी लोसपामा प्रवेश गरेका हुन् ।

लोसपा सप्तरीका अध्यक्ष सुनिल झाको अध्यक्षतामा आयोजित कार्यक्रममा उनीसँगै राजविराज नगरपालिका निवर्तमान कार्यपालिका सदस्य प्रमोद कावडा, निवर्तमान वडाध्यक्षहरू मागीलाल नाई, सुदर्शन सिंह, शम्भु यादव (लाली), शोभालाल मण्डल, वडाध्यक्ष पदका प्रत्यासी मो. ईसाद अन्सारी लगायतका नेता कार्यकर्ताहरु लोसपामा प्रवेश गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780