निर्वाचन आयोगको प्रस्ताव–चुनाव प्रचारमा २५ जना भन्दाबढी सहभागी हुन नपाइने

जनकपुरधाम । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जना भन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमबार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलमा सो प्रस्तावबारे जानकारी गराइएको हो ।

‘चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचार प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको छ’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ‘निर्वाचनमा उम्मेद्वार नभएको राजनीतिक दलको चुनाव चिन्ह मतपत्रमा समावेश नगर्ने पनि तयारी छ।’

प्रवक्ता पौडेलले निर्वाचन आचार संहिताको विषयमा सबै राजनीतिक दलहरुको मिश्रित सल्लाह सुझाव आएको जानकारी दिँदै आयोगले राजनीतिक दलका सबै सुझावहरुलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस