प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए

जनकपुरधाम । पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । दिउँसो साढे १ बजेलाई बैठक बोलाइएको हो ।

काठमाडौंबाट ६८ यात्रु र चालक दलकासहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन- एएनसी एटीआर ७२ जहाजको दु:खद र त्रासदीपूर्ण दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्रीले क्याबिनेट बोलाएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रभावकारी उद्दारमा लाग्न गृहमन्त्रालय, सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकायलाई निर्देशनसमेत दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस