म्याच फिक्सिङको आरोपमा मेहबुब र आदिल पक्राउ

जनकपुरधाम –म्याच फिक्सिङ गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार दुई जना क्रिकेट खेलाडीलाई पक्राउ लिएको छ ।

पक्राउ पर्नेमा नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिलेका राष्ट्रिय खेलाडी आदिल अन्सारी रहेका छन् । सीआइबीले आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरेर काठमाडौं लगेको छ ।

हालै सम्पन्न भएको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ गरेको आरोप उनीहरुमाथि छ । उनीहरुसँगै नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न देखिएको सीआईबीले जनाएको छ । उनीहरुमाथि सीआईबीले फिक्सिङबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस