राजविराजमा ‘स्वेता ट्रेडर्स एण्ड सप्लायर्स’ सञ्चालन

राजविराज – सप्तरीको राजविराजमा ‘स्वेता ट्रेडर्स एण्ड सप्लायर्स’ पसल सञ्चालनमा आएको छ । श्रीपञ्चमीको अवसरमा बिहिवार एक समारोहको आयोजना गरी ट्रेडर्स एण्ड सप्लायर्सको उद्घाटन गरिएको हो ।

वडा नम्वर ३ स्थित सिनेमा हल रोडमा सञ्चालनमा आएको ट्रेडर्स एण्ड सप्लायर्समा उद्घाटनको अवसरमा सरसमान खरिद गर्दा २५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको सञ्चालक नागेश्वर चौरसियाले जानकारी दिए ।

उनका अनुसार ट्रेडर्स एण्ड सप्लायर्समा डल्फीन प्लाष्टिक फर्निचर, फर्निर्सिङ गुड्स, पलङ, सोफा, डाइनिङ्ग र ड्रेसिग टेबुल, कुर्सी, स्टिल दराज, अफिस र थ्रीपीस दराज, बुक क्याविनेट, बुक र्याक, ट्रंक, स्टिल टेबुल, रिभल्बीन चेयर लगायतका सरसमान उपलब्ध रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस