चौथो संस्करणको मिथिला कप माघ १४ गतेदेखि सुरु हुँदै

राजविराज – सप्तरीमा चौथो संस्करणको मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता माघ १४ गतेदेखि सुरु हुने भएको छ । आयोजक युवा शक्ति कल्व विष्णुपुरले विहिवार पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी गराएको हो ।

एक लाख राशि सो प्रतियोगिता माघ २६ गतेसम्म चल्ने कल्वका अध्यक्ष ईन्जिनीयर रविन्द्र यादवले बताए । उनका अनुसार प्रतियोगितमा प्रदेश १ का ३, प्रदेश २ का १०, प्रदेश ३ का १ र छिमेकी राष्ट्र भारतका २ गरी १६ वटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताका विजेता टिमले एक लाख नगद र ट्रफी तथा उप–विजेता टिम ५० हजार नगद र ट्रफी पाउने छन् भने विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष यादवले जानकारी दिए । नकआउट प्रणालीको आधारमा खेलाईने सम्पुर्ण खेल राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस