हिरासतको पर्खाल भत्काएर फरार भएकामध्ये एक जना थुनुवा पक्राउ

जनकपुरधाम – धनुषामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएकामध्ये एक जनालाई पक्राउ गरिएको छ । क्षीरेश्रनाथ नगरपालिका–५ स्थित ईलाका प्रहरी कार्यालयको हिरासत कक्षको पर्खाल फोडेर आइतबार राती ३ बजे ६ फरार भएका थिए ।

फरारमध्ये रोशन महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । उनका अनुसार महतोलाई सोमबार साँझ यसै जिल्लाको मिथिला नगरपालिका–८ कुसुमबिछौनास्थित घरबाटै पक्राउ गरिएको हो ।

महतोमाथि अवैध हातहतियारको मुद्दा चलिरहेको छ । उनी गत बिहीबार हतियारसहित पक्राउ परेका थिए । सोही कसुरमा पक्राउ परेका शङ्कर महतोसहित ५ जना अझै फरार छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास जारी राखेका छन् भने घटनापछि ड्युटीमा खटिएका २ जना प्रहरीलाई तत्काल निलम्बन गरिएको छ ।

घटना बारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै छानबिन समिति समेत बनाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस