अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने ब्रिफिङ गरेका छन्। आज पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक नगरेसम्म गृह मन्त्रालय कसैलाई नदिने बताएका हुन् ।

उनले बैठकमा भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’

सर्वोच्चले नागरिकता मुद्दामा रवी लामिछानेलाई दोषी ठहर गरेसँगै उनले पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद गुमाएका थिए । पद गुमाएपछि उनले सम्हालेको गृह मन्त्रालयल प्रधानमन्त्री प्रचण्डले नै सम्हालेका थिए ।

तर, लामिछानेले गृहमन्त्रीबाट पदमुक्त भएको २ दिनमै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रक्रिया पुर्याएर पुनः नागरिकता लिएका थिए । नागरिकता लिएसँगै रवि पुनः गैरसांसदका हैसियतले गृहमन्त्रालयमा फर्किन दौडधुप बढाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस