‘अझैं एक लाखबढी दलित समुदायको मतदाता नामावलीमा नाम छैन’

राजविराज – दलित अधिकारकर्मीहरुले सप्तरीमा अझैं एक लाखभन्दा बढी दलित समुदायको मतदाता नामावलीमा नाम समावेश हुन नसकेको बताएका छन् ।

विहिबार दलित सरोकार मञ्च, नेपालले जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिकास्थित जण्डोलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्यांक प्रस्तुत गरेका हुन् । पत्रकार सम्मेलनमा मञ्चका निर्देशक एवम् दलित अधिकारकर्मी भोला पासवानले २०७४ र ०७९ को निर्वाचनमा गरिएको अध्ययनबाट सबैभन्दा बढी सदा (मुसहर) समुदायकालाई मतदाता नामावलीमा नाम छुट भएको बताए । ‘केही टोल र वडामा हामीले सेम्पिलिङका रुपमा अध्ययन गरेका थियौं, सोहीअनुसार दलित समूदायमा प्रति परिवारमा २ जनाको नाम मतदाता नामावलीमा छुट भएको पाएका छौं’ उनले भने, ‘जसमध्ये ३० देखि ३२ प्रतिशतलाई नागरिकता नरहेको पाइयो ।’

उनले पछिल्लो निर्वाचनको बेला मतदाता नामावली संकलन गर्ने कार्य गरिएता पनि अत्यधिक भिडभाडले गरिब मतदाताहरुको नाम दर्ता गराउन छुटेको बताए । ‘त्यो बेला निर्वाचन कार्यालयमा पनि पहुँचको आधारमा नाम दर्ता गर्ने कार्य भयो, जनप्रतिनिधिहरु कर्मचारीसँग मिलेर आफ्ना मान्छेको नाम दर्ता गराउने काम त भयो तर दैनिक ज्याला मजदुरी गरेर खाने मान्छेहरुको नाम छुट्यो’ उनले भने, ‘गत असार १ गतेदेखि पुनः नामावली संकलन गर्ने हुँदाको बेला खेतीपाती काम सुरु भएकोले महिला र गरिब दलितहरु सोही कार्यमा व्यस्त हुँदा नाम दर्ता गराउन वञ्चित रह्नुपर्यो ।’

उनले सबैलाई समेट्ने गरी मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि वर्षेनी वडास्तरमा टोली खटाउनुपर्नेमा जोड दिए । ‘जनताले वास्तवमा पत्याएको व्यक्ति र दललाई निर्वाध रुपमा छनोट गर्न पाउनु नै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको मर्म हो, सो अनुसार निर्वाचन सम्बन्धी कानून सबै दल, उम्मेदवार र मतदातालाई समान तथा न्यायोचित्त हुनुपर्छ र सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्ने अवसर दिइनुपर्छ’ उनले भने, ‘त्यसैले वर्षेनी वडास्तरमा टोली खटाउदा उपयुक्त हुन्छ र हाम्रो माग पनि यहीँ नै हो ।’

उनका अनुसार मधेश प्रदेशभरिका १३६ वटै स्थानीय तहमा मतदाता नामावलीमा नाम दर्ता अभियान सञ्चालन गर्ने मञ्चको तयारी रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780