रामको संयोजकत्वमा १८ सदस्यीय दलित सञ्जाल समिति गठन

राजविराज – सप्तरीमा दलित सरोकार मञ्च, नेपालको अगुवाइमा दलित सञ्जाल समिति गठन भएको छ । बिहिवार मञ्चले जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिकास्थित जण्डोलमा आयोजना गरेको ‘दलित सशक्तीकरण एैन २०७६ कार्यान्वयनको अवस्था, आगामी दिनमा कार्यापालिका सदस्यहरुको भूमिका’ विषयक दलित जनप्रतिनिधिहरुको जिल्लास्तरीय अन्तरक्रियाबाट सो समिति गठन भएको हो ।

अन्तरक्रियापछि विष्णुपुर गाउँपालिकाका कार्यपालिका सदस्य अशोक रामको संयोजकत्वमा १८ सदस्यीय दलित सञ्जाल समिति गठन गरेको छ ।

समितिको सह संयोजकमा सप्तकोशी नगरपालिकाका राजेन्द्र विश्वकर्मा, सचिवमा हनुमानगर कंकालिनी नगरपालिकाका धिरेन्द्र राम, सहसचिवमा कञ्चनरुप नगरपालिकाकी शोभा पासवान र कोषाध्यक्षमा राजविराज नगरपालिकाकी सोनी रजक रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा उदयशंकर विश्वकर्मा, चन्द्रीकादेवी खंग, अनारदेवी पासवान, शिवशंकर राम, सीतादेवी खत्बे, रेनुदेवी विश्वकर्मा, रामभगत राम, शिगेश्वर मण्डल, नितुकुमारी खंग, जानकी देवी राम, उतिमलाल मण्डल, राधेश्याम राम र गौरीशंकर मण्डल चयन भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780