उपराष्ट्रपतिका लागि गठबन्धनबाट रामसहायप्रसाद यादवको उम्मेदवारी दर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा ९ दलीय गठबन्धनका नेताहरु संयुक्त रुपमा पुगेर उपराष्ट्रपतिमा नेता यादवको उम्मेदवारी दर्ता गराएका हुन् ।

यादवको प्रस्तावकमा नेताहरु अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी तथा समर्थकमा नेताहरु रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, डा खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।

यसअघि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उक्त पदका लागि उम्मेदवारी दर्ता गराइसकेकी छन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदै छ ।

Author:



क्याटोगरी छान्‍नुहोस