अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् ।

शाक्यको प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छवि लाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् ।

त्यस्तै, समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस