नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी मनोनित भएका छन् ।

संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक मनोनित गरेका हुन्।

पर्वतबाट लगातार दोस्रो पटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत थिए ।

बर्तौला भने पहिलो पटक चुनाव जितेर संसदमा आएका हुन्।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780