यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लुइस (डीएलएस) पद्दतिअनुसार ९ रनको जित निकाल्दै नेपाल लिग–२ बाट भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट खेल्ने तेस्रो टिम बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पूरा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएसँगै खेल रोकियो र डकवर्थ लुईसका आधारमा नेपाल २ रनले विजयी घोषणा गरिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस