सप्तरीमा दुई पक्षबीच कुटाकुट हुँदा तीन जना घाइते

राजविराज – सप्तरीको रुपनी गाउँपालिका–२ पिपराहीमा बिहिवार दुई पक्षबीच कुटाकुट हुँदा तीन जना घाइते भएका छन् ।

स्थानीय सुर्य नारायण यादवर र शुभ नारायण यादवबीच ऐलानी जग्गामा राखिएको काठको गुम्तीको बिषयलाई लिएर कुटाकुट भएको हो ।

कुटपिटमा परेर सुर्य नारायणको २० वर्षीय छोरा सन्तोष यादवको टाउकोमा चोट लागेर घाइते भएका छन् । त्यस्तै, शुभ नारायणको २० वर्षीय छोराहरु प्रवेश कुमार यादव र १८ वर्षीय चिनु भनिने मिथिलेश यादव पनि घाइते भएका छन् ।

प्रवेशको टाउको र दाहिने हातमा चोट लागेको छ भने मिथिलेशको पनि टाउको र नाकमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । तीनै जनाको उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस