स्ववियु निर्वाचन : राजविराजमा तनाव भएपछि तत्काललाई मतदान स्थगित

राजविराज – सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पस राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तत्काललाई स्थगित भएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले निर्वाचनमा चलखेल भएको भन्दै विरोध जनाएपछि तनावको स्थिति उत्पन्न भएको थियो ।

सो क्रममा नेविसंघमा आबद्ध विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा प्रयास गरेका थिए । तनाव उत्पन्न भएपछि तत्कालका लागि मतदान स्थगित गरिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस