स्ववियु निर्वाचन : राजविराजमा तनावपछि रोकिएको मतदान पुनः सुचारु

राजविराज – सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पस राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत रोकिएको मतदान पुनः सुचारु भएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले निर्वाचनमा चलखेल भएको भन्दै विरोध जनाएपछि तनावको स्थिति उत्पन्न भएको थियो ।

सो क्रममा नेविसंघमा आबद्ध विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा प्रयास गरेका थिए । तनाव उत्पन्न भएपछि केही समयका लागि रोकिएको मतदान पुनः सुचारु भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस