घरमै पसेर साह परिवारलाई कुटपिट, चार जना घाइते

राजविराज – सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुरामा घरमै पसेर एक परिवारलाई कुटपिट गरेको छ । स्थानीय किशुन यादवकी पत्नी पचिया यादव, महिनारायण यादव, रोशन यादव, प्रकाश यादव र सीता यादव शुक्रबार दिउँसो घरमै पसेर ६२ वर्षीय वसन्त साहसहितकालाई कुटपिट गरेको पीडित परिवारले जानकारी दिए ।

कुटपिटबाट साहको छातीमा गम्भीर चोट लागेको छ भने उनकी पत्नी ६० वर्षीया विमलादेवीको मुख र दाहिने हातमा चोट लागेको छ । साहलाई उपचारको लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको छ भने विमलादेवीको राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

त्यस्तै, कुटपिटबाट साहका ३० वर्षीय छोरा मदन साह र बुहारी २८ वर्षीया सुमन पनि घाइते भएका छन् । मदनको निधार र हातमा चोट लागेर विराटनगरमा उपचार भइरहेको छ भने सुमनको ढाडमा र खुट्टामा चोट लागेर राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै, किसुन यादवकी पत्नी पचिया यादवको अनुहारमा चोट लागेको र उनको राजविराजस्थित गजेन्द्रनारयण सिंह अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक सिंहले जग्गाको बिषयमा विवाद भएर कुटपिट भएको र कुटपिटमा संलग्नहरुको खोजतलास भइरहेको बताए । ‘घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस