स्ववियु निर्वाचन : राजविराजमा ८३० जनाले गरे मतदान, मतगणना सुरु गर्ने तयारी

राजविराज ‌– सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पस राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत मतदान कार्य सम्पन्न भएको छ ।

आइतबार भएको मतदानमा कुल १ हजार ९१५ जना मतदातामध्ये ८३० जनाले मतदान गरेका छन् । बिहान ८ बजेदेखि शुरु हुने भनिएको उक्त निर्वाचन पोलिङ एजेन्ट ढिलो आउँदा आधा घण्टा पछि सुरु भएको थियो ।

मतदानको क्रममा नेविसंघ तथा अनेरास्वियुका विद्यार्थीहरुले प्रदर्शन गरेपछि केहीबेर मतदान कार्य स्थगित समेत भएको थियो । प्रदर्शनका कारण आधा घण्टा जति मतदान रोकिएको मविव क्याम्पसका स्ववियु निर्वाचन अधिकृत रामअशिष यादवले बताए ‌।

उनका अनुसार मतगणना केही समयपछि सुरु गर्ने तयारी थालिएको छ । विहानसम्म मत परिणाम सार्वजनिक भइसक्ने निर्वाचन अधिकृत यादवको अनुमान छ ।

Author:



क्याटोगरी छान्‍नुहोस