नागरिकता प्रकरण : उपमेयर मीरा प्रहरीको नियन्त्रणमा, पति महेन्द्र फरार (फलोअप)

राजविराज, २० असार । पक्राउ पुर्जी जारी भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव बुधवार प्रहरीसमक्ष उपस्थित भएकी छन् भने उनका पति महेन्द्रकुमार यादव फरार भएका छन् ।

नागरिकता सम्बन्धि कसूरमा गत मंगलबार दुवै जना विरुद्ध पक्राउ पुर्जी जारी हो । बुधवार उपमेयर मीरा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । ‘पक्राउ पुर्जी जारी भएसँगै हामी खोजतलासमा जुटेका थियौं, बुधवार दिउँसो उपमेयर मीरा ज्यू उपस्थित हुनुभएको छ तर उहाँका श्रीमान् महेन्द्र भने फरार हुनुहुन्छ’ प्रहरी उपरीक्षक कार्कीले भने, ‘उहाँको खोजी कार्यका साथै थप अनुसन्धान भइरहेको छ ।’

गत जेठ ५ गते उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशको आदेश जारी भएपछि गत आइतवार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो ।

२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपमेयरमा निर्वाचित भएकी मीरा प्रहरीमा उपस्थित भइरहदा पूर्व सांसद एवम् पार्टीकी नेता सरिता गिरी, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, मेयर रामलखन मुखिया लगायत नेकपा एमालेका जिल्लास्तरीय नेताहरुको सहभागीता थियो ।

यो पनिः

उपमेयर मीरा र उनका पति महेन्द्र विरुद्ध पक्राउ पुर्जी (फलोअप)

उपमेयर मीरा विरुद्ध प्रहरीले दर्ता गर्यो मुद्दा (फलोअप)

उपमेयरको नागरिकता प्रकरण : मुद्दा दर्ता गरी छानबिन गर्न प्रहरीलाई उच्च अदालतको परमादेश

उपमेयरविरुद्ध उजुरी प्रकरण : पक्राउ गर्न परमादेश माग्दै उच्च अदालतमा मुद्दा

उपमेयर नै भारतीय प्रकरण : ७ महिनादेखि गृहमै अड्कियो छानबिन

किर्ते गरी नागरिकता लिएको आरोपीले धमाधम आफ्ना जग्गा बिक्री गर्दै (फ्लोअप)

उपमेयरविरुद्ध उजुरी–भारतीय नागरिक रहेको दावी, किर्ते गरी नागरिकता लिएको आरोप

उपमेयरविरुद्ध उजुरी–भारतीय नागरिक रहेको दावी, किर्ते गरी नागरिकता लिएको आरोप

उपमेयरविरुद्ध उजुरी–भारतीय नागरिक रहेको दावी, किर्ते गरी नागरिकता लिएको आरोप

 

Author:



क्याटोगरी छान्‍नुहोस