सप्तरीमा डिजे बोकेको ट्याक्टरले प्रहरीकै मोटरसाइकललाई किच्यो

राजविराज–सप्तरीमा डिजे बोकेको ट्याक्टरले चेकजाँच गर्न खोज्दा प्रहरीकै मोटरसाइकललाई किचेको छ । गए राति हुलाकी राजमार्ग अन्तर्गत खडक नगरपालिका–११ बनौली टोलस्थित दुर्घटना भएको हो ।

डिजे बोकेर गइरहेको स १ त ५६६७ नम्बरको ट्याक्टरलाई चेकजाँच गर्न खोज्दा ट्राफिक प्रहरीको स ११ प १५०० नम्वरको मोटरसाइकललाई किचेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

उनीहरुकाअनुसार मोटरसाइकललाई किचेर ट्याक्टर चालक फरार भएका छन् भने दुर्घटनामा ट्राफिक प्रहरीहरु सुमन राउत र दिनेश ठाकुर समान्य घाइते पनि भएका छन् ।

यता, ट्राफिक प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक मेदनी साहले मोटरसाइकलमा अडेस लागेका प्रहरी लडेको बताए । ‘घाइते नै भएको होइन तर मोटरसाइकलमा क्षति पुगेको छ’, उनले भने ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले रोकेको राखेको मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिएको बताए । ‘हाम्रो प्रहरीलाई चैं घाइते छैन्, रोकेको मोटरसाइकल हो’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस