फेसबुक, मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध

जनकपुरधाम – मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसुबक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएका छन् ।

मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।

यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस