जसपा विवाद : दुवै पक्षलाई निर्वाचन आयोगले छलफलमा बोलायो

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद समाधानका लागि निर्वाचन आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूहलाई असार २२ गते छलफलका लागि बोलाएको हो ।

उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । सो दफामा ‘आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिने’ उल्लेख छ ।

यसअघि जसपाको उपेन्द्र यादव नेतृत्वको समूहले आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दिएको थियो । असार ४ गते सो निवेदन आएपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन पत्र लेखेको थियो । ठाकुर पक्षले आइतबार नै आयोगमा जवाफ बुझाइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक सहकार्य गर्ने वा नगर्ने भन्नेमा विवाद हुँदा जसपा विभाजनको सघांरमा पुगेको छ । यादव पक्ष विपक्षी गठबन्धनमा सक्रिय छ भने सरकारमै सहभागी भएको ठाकुर पक्षका मन्त्रीहरु सर्वोच्चको आदेशपछि पदमुक्त भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780