बलिउडमा अनिल कपूरको ३८ वर्ष : नाजुक थियो फिल्ममा आउनुअघि कपूरको परिवारको अवस्था

जनकपुरधाम । बलिउड अभिनेता अनिल कपूरको फिल्म यात्राले ३८ वर्ष पूरा गरेको छ । उनको पहिलो बलिउड फिल्म सन् १९८३ मा रिलिज भएको थियो । उनी फिल्म प्रोड्युसर सुरेन्द्र कपूर र निर्मल कपूरका छोरा अनिल कपूरको वास्तविक जीवन कहानी भने निकै फरक छ ।

हाल उनीसँग करोडौँको बंगला छ । घर छ । गाडी छन् । तर, उनको परिवार पहिलोपटक मुम्बई आउँदा राज कपूरको ग्यारेजमा बस्थे । उनीहरु वर्षौंसम्म सोही ग्यारेजमा बस्ने गर्थे । त्यसपछि उनीहरुले एउटा कोठा लिएका थिए र लामो समयसम्म त्यहीँ बसे ।

अनिल कपूरले मुख्य भूमिकामा तेलुगु फिल्मबाट आफ्नो करियरको सुरुवात गरेका थिए । उनको पहिलो फिल्म सन् १९८० मा ‘वामसा वृक्षम’ रिलीज भएको थियो । उनले सन् १९७९ ‘हमारे तुम्हारे’ फिल्ममा काम गरेका थिए । उनले सन् १९७९ देखि १९८२ सम्म बलिउडमा चार फिल्म ‘हमारे तुम्हारे’, ‘एक बार कहो’, ‘हम पांच’, ‘शक्ति’ जस्ता फिल्ममा काम गरेका थिए । उनले सन् १९८३ मा फिल्म ‘वो सात दिन’ मार्फत बलिउडमा लिड रोलमा काम गरेका थिए ।

अनिल कपूरले सन् १९८६ मा ‘चमेली की शादी’मा गीत समेत गाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780