सप्तरी र सिरहाका दुई स्थानिय तहलाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री प्रदान

राजविराज, १८ असार । कोभिड–१९ संक्रमणबाट जोगिन सप्तरीको कञ्चनरुप नगरपालिकालाई ठुलो परिमाणमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । दलित सरोकार मञ्च नेपाल कञ्चनरुप–८ सप्तरीको समन्वयमा चुुजी च्यारिटी फाउण्डेशन ताइवानको सहयोगमा सो स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

शुक्रवार आयोजना गरिएको एक समारोहका बीच सो सामग्रीहरु नगर प्रमुख वसन्तकुमार मिश्रलाई हस्तान्तरण गरिएको छ । दश लिटरको अक्सीजन कन्सनट्रेटर (अक्सिजन दिने मेसिन) २ थान, पिपिई सेट एक हजार थान, एन–९५ माक्स ५ हजार थान, माक्स १० हजार थान, ग्लोबस १० हजार थान, ५ लिटरको सेनिटाईजर ४० जार, पल्स अक्सिमिटर एक सय थानसहितका सामग्रीहरु नगर प्रमुख मिश्रलाई हस्तान्तरण ग।रिएको मञ्चका कार्यकारी निर्देशन भोला पासवानले जानकारी दिए ।

उनका अनुसार यो महिनाभित्र नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा भेन्टिलेटर, भिडिया एक्स–रे र डिजिटल एक्स–रे १/१ हस्तान्तरण गर्ने कार्यक्रम छ । सामग्री बुझ्दै नगर प्रमुख मिश्रले अहिलेसम्मकै सबै धेरै परिमाणमा स्वास्थ्य सामग्री सहयोग गरेकोमा सहयोगी संस्था र समन्वयन गर्ने मञ्चलाई विशेष धन्यवाद दिए ।

उनले दाताबाट प्राप्त स्वास्थ्य सामग्रीलाई पारदर्शी तरिकाले कोरोना नियन्त्रण कार्यमा प्रयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा नगरकी उप–प्रमुख निरु पोखरेल, प्रमुुख प्रशासकीय अधिकृत नवराज खडका, प्रशासन फाँटका संयोजक राजेश यादव, स्वाथ्य शाखाका संयोजक रामसेवक यादव, सह–संयोजक डम्बर प्रसाद गुप्ता, दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनिल सरवरिया, जिल्ला संयोजक राजकुुमार पासवान, लेखाअधिकृत अमित गुप्ता, बालकुुमारी चौधरी, कार्यक्रम सहायक अनिताकुमारी खंग, सञ्चारकर्मी राजकुुमार साह, डम्बर राई, उत्तम अर्चाय लगायतको सहभागिता थियो ।

कर्जन्हा नगरपालिकालाई पनि स्वास्थ्य सामग्री प्रदान

यसअघि हिजो (बिहिबार) दलित सरोकार मञ्च सप्तरीले सिरहाको कर्जन्हा नगरपालिकालाई करिब ८० लाख बराबरको स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराएका थिए ।

मञ्चका कार्यकारी निर्देशक पासवानका अनुसार नगर प्रमुख गंगा पासमानलाई चुजी फाउनडेसन ताइवानको सहयोगमा अक्सीजन कन्सनट्रेटर २० थान, ऐन्टीजेन टेस्ट किट २५ सय थान, पिपिई सेट ५ सय थान, एन–८५ माक्स १ हजार पिस, माक्स १० हजार थान, २५ सय ग्लोबस थान, ५ लिटरका सेनिटाईजर ५० जार, पल्स अक्सिमिटर ५० थान, थर्मलगन ५० थान लगायत समाग्री उपलब्ध गराएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780