सप्तरी: जीता नदीको बाँध फुट्यो, डेढ सय घर डुवान

राजविराज, २१ असार । जीता नदीको बाँध फुटेर सप्तरीमा सोमबार डेढ सय घर डुवान भएको छ । नदीको बाढी बस्तीमा पसेपछि राजविराज नगरपालिका–१० कदमाहा र महादेवा गाउँपालिका–१ सोनरा, पकरी, बल्थी, चिमटी टोलका डेढ सय घर डुवान भएको हो ।

कदमाहाका बस्ती नै जलमग्न भएको वडाध्यक्ष सुशिल दासले जानकारी दिए । ‘५० वटा घरमा ३ फिटसम्म बाढी पसेका कारण सर्वसाधारणलाई खाना पकाउनेसम्म ठाउँ छैन्’ उनले भने–‘उहाँहरुलाई तत्काल खानाको समस्या हुने भएकाले सो परिपूर्ति हामीले पहल थालेका छौं ।’

उता, महादेवामा पनि नदीको बाढीले १ सय घर डुवान भएको वडाध्यक्ष जयश्वर किशोर दासले बताए । उनले ती घरमध्ये केही घरहरु क्षति पुगेको बताए । ‘बाढीले केही घरहरु भत्किएको छ भने अन्य क्षति बारे बुझ्ने प्रयास जारी छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस