मोरङमा डुबेर दुई बालकको मृत्यु

file photo

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१४ जतुवामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

हिजो नहर छेउमा खेल्ने क्रममा स्थानीय फुलियादेवी महतोका १८ महिनाको छोरा राज कुमार महतोको नहरमा डुबेर मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । उता, जिल्लाको लेटाङ नगरपालिका–५ मा पनि डुबेर एक बालकको मृत्यु भएको छ ।

मारङ्गे खोलामा पौडी खेल्ने क्रममा शरन कुमार राईको १५ वर्षीय छोरा समृद्ध राईको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस